निर्वाचन लक्षित गरी ३ दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस

177 Shares

काठमाडौं: निर्वाचन आयोग नेपालले फागुन २१ को चुनावलाई लक्षित गर्दै ३ दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ।

आयोगले आइतबार नेपाल सरकारलाई पत्र लेखेर फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिन सिफारिस गरेको जानकारी आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले दिएका छन्।

मतदाताको उत्साहजनक सहभागिता बढाउने उद्देश्यले बिदा सिफारिस गरिएको आयोगले जनाएको छ।

सार्वजनिक बिदा दिने वा नदिने अन्तिम निर्णय भने मन्त्रिपरिषद् बैठकले गर्नेछ।