काठमाडौं । खोटाङ जिल्लामा १३ वर्षीया छात्रामाथि शिक्षकले यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको छ । दिक्तेलस्थित ईङ्लिस बोर्डिङ स्कुल मा कार्यरत २४ वर्षीय शिक्षक पक्राउ परेका छन् ।
पक्राउ पर्ने शिक्षक सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिका-१ का स्थायी बासिन्दा हुन् । प्रहरीले उजुरीका आधारमा जनाएका अनुसार शिक्षकले फागुन ९ गते छात्रालाई गृहकार्य सिकाउने बहानामा आफ्नो कोठामा बोलाएर जबरजस्ती करणी गरेका थिए ।
पीडित बालिकाका अभिभावकले घटनापछि बालिकालाई करिब तीन घण्टा कोठामा थुनेर राखिएको बताएका छन् । बालिकाले रुँदै कोठाबाट बाहिर निस्केर अभिभावकलाई जानकारी दिएपछि घटना बाहिर आएको हो ।
आक्रोशित परिवारले तत्काल शिक्षकको कोठामा पुगेर उनलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए । जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार पीडित बालिकाको स्वास्थ्य परीक्षण गरिएको छ भने शिक्षकविरुद्ध जबरजस्ती करणी अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।
पीडित पक्षको दाबी छ कि शिक्षकको नियत पहिले देखि नै खराब रहेको थियो र गत मंसिरमा आ
फेसबुकबाट तपाईको प्रतिक्रिया