145
Shares
काठमाडौं । सुनसरी जिल्ला को भोक्राहा नरसिङ गाउँपालिका ४ मा नेपाली कांग्रेस र रास्वपाका कार्यकर्ताबीच झडप भएको छ।
सुनसरी क्षेत्र नम्बर ४ अन्तर्गतको चुनावी कार्यक्रममा उम्मेदवार ज्ञानेन्द्र कार्की आफ्नो सभालाई सम्बोधन गर्न गएका थिए। बाटोमा रास्वपाका केही युवाहरूसँग जम्काभेट हुँदा विवाद बढेर हात हालाहालको स्थिति सिर्जना भएको थियो।
परिस्थिति असामान्य हुन लागेपछि नेपाल प्रहरी ले दुवै पक्षका कार्यकर्तालाई तितरवितर गर्न लाठीचार्ज गरेको जनाएको छ। कांग्रेसको भ्रातृसंगठन तरुण दल का कार्यकर्ता र रास्वपाका कार्यकर्तामाथि जाइलागेपछि निर्वाचन सुरक्षा खटिएका प्रहरीले यस्तो कदम चाल्नुपरेको बताइएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया