तीन प्रदेशमा प्रतिनिधि सभा मतपत्र ढुवानी सम्पन्न

155 Shares

काठमाडौंनिर्वाचन आयोग नेपालले सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा प्रतिनिधि सभा निर्वाचनका मतपत्र ढुवानीको काम सम्पन्न भएको जनाएको छ।

शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगकी सहायक प्रवक्ता सीता पुन श्रीसले बाँकी रहेका चार प्रदेशमा पनि दुई दिनभित्र मतपत्र ढुवानी सकिने गरी काम भइरहेको जानकारी दिइन्। सबै जिल्लामा निर्वाचन सामग्रीसहित मतपत्र पठाउने कार्यलाई तीव्रता दिइएको आयोगले जनाएको छ।

तोकिएको समयतालिकाभित्र सबै तयारी पूरा गर्ने लक्ष्यका साथ ढुवानी कार्य अघि बढाइएको आयोगको भनाइ छ।

आयोगका अनुसार प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ २ करोड ३ लाख २३ हजार र समानुपातिकतर्फ २ करोड ८ लाख ३० हजार मतपत्र छपाइ गरिएको छ।