आईसीसी टी–२० विश्वकप : अस्ट्रेलिया vs ओमान समूह चरणको अन्तिम खेलमा भिड्ने

175 Shares

काठमाडौंआईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेल शुक्रबार हुँदैछ। समूह ‘बी’ बाट बाहिरिसकेका विश्व विजेता अस्ट्रेलियाओमानबीच प्रतिस्पर्धा हुनेछ।

खेल श्रीलंकाको पालिखेल अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार बेलुका सवा ७ बजेदेखि सुरु हुने छ। समूह चरणका दुई खेल गुमाएको अस्ट्रेलिया र तीन खेल गुमाएको ओमानबीच यो खेल प्रतिष्ठाको लडाइँका रूपमा रहेको छ।

विश्वकपमा अस्ट्रेलियाले आयरल्यान्डलाई ६७ रनले हराउँदै विजयी शुरुवात गरेको थियो। त्यसपछि जिम्बाब्वेसँग २३ रन र श्रीलंकासँग ८ विकेटले हार भोगेको छ। यसरी समूह चरणबाट बाहिरिनु अस्ट्रेलियाका लागि यस विश्वकप दुःखद् बनेको छ।

ओमानले अहिलेसम्म कुनै खेल जित्न सकेको छैन। पहिलो खेलमा जिम्बाब्वेसँग आठ विकेटले पराजित भएको ओमान दोस्रो खेलमा श्रीलंकासँग १०५ रनले र तेस्रो खेलमा आयरल्यान्डसँग ९६ रनले हार भोगेको छ। समूह चरणको यो अन्तिम खेल हो।