बालेन्द्र शाहको नागरिकता रद्द गर्न माग गर्दै गृह मन्त्रालयमा उजुरी

192 Shares

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी का वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका पूर्व मेयर बालेन्द्र शाह (बालेन) को नागरिकता रद्द गर्न माग गर्दै गृह मन्त्रालय मा उजुरी परेको छ।

शुक्रबार काठमाडौं–३१ का युवराज सफल ले मन्त्रालयमा उजुरी दर्ता गराएका हुन्। उजुरीमा शाहले आफूखुसी थर परिवर्तन गरेको दाबी गर्दै नागरिकता रद्द गर्न माग गरिएको छ।

उजुरीअनुसार बालेनले २०६३ पुस ६ गते महोत्तरी बाट लिएको नागरिकतामा ‘साह’ थर उल्लेख भए पनि २०७९ असार १९ गते काठमाडौं महानगरपालिकाको मेयर भएपछि नागरिकताको प्रतिलिपि लिँदा ‘शाह’ बनाएको आरोप लगाइएको छ।

उजुरीकर्ताले झुटो विवरण पेश गरी थर परिवर्तन गरिएको दाबी गर्दै कानुनबमोजिम नागरिकता रद्द गर्नुपर्ने जिकिर गरेका छन्।

yoyraj.jpg