तोकिएकै समयमा निर्वाचन हुने वातावरण बनेको छ : अर्थमन्त्री खनाल

185 Shares

काठमाडौंरामेश्वर खनाल ले थुप्रै चुनौती र संशयकाबीच पनि तोकिएको समयमा निर्वाचन हुने वातावरण निर्माण भएको बताएका छन्।

नेपाल पर्यटन बोर्डपरिसूचक मिडिया ले शुक्रबार ललितपुर मा आयोजना गरेको नेपाल पर्यटन गोष्ठीमा बोल्दै उनले जेनजी आन्दोलनपछि बनेको सरकारलाई निर्वाचन सम्पन्न गराउनेदेखि अन्य धेरै चुनौती भए पनि संयमतापूर्वक सबैको विचार सुन्दै सरकारले तोकिएकै समयमा निर्वाचन हुने वातावरण बनाएको बताएका हुन्।

उनले सरकारले सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित गर्नुपर्दा अन्य विभिन्न क्षेत्रमा पर्याप्त ध्यान दिन नसकेको पनि स्वीकार गरे।

पर्यटन क्षेत्रलाई उद्योगले पाउने सरह सुविधा दिने विषय बजेटमा उल्लेख गरिए पनि अहिलेसम्म पूर्ण रूपमा कार्यान्वयन गर्न नसकिएको उनले बताए।

अर्थमन्त्री खनालले वर्तमान सरकारलाई भ्रष्टाचार न्यूनीकरण गर्ने र सुशासन कायम गर्ने जिम्मेवारी दिइएको उल्लेख गर्दै यसबीचमा केही सुधारका काम भएको धारणा राखे।

साथै उनले वर्तमान सरकारले सुरु गरेका सुधारका कामलाई अब बन्ने सरकारले पनि निरन्तरता दिन सक्ने गरी कार्यविधि र नियमहरूमा परिवर्तन गरिएको जानकारी दिए।