चुनावी सभा स्थगित : भैरहवामा रास्वपाको कार्यक्रम रोकिने

127 Shares

भैरहवाराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देहीको भैरहवामा फागुन ९ गते गर्ने भनिएको चुनावी सभा स्थगित गरेको छ।

रास्वपा रुपन्देही–३ का चुनावी कमाण्डर नारायणप्रसाद भण्डारी ले पार्टी केन्द्रबाट चुनावी सभा स्थगित गर्न निर्देशन आएको जानकारी दिएका छन्। संगठनात्मक प्राथमिकता निर्धारण तथा रणनीतिक व्यवस्थापन लगायतका विशेष कारणले हाललाई सभा स्थगित गर्नुपरेको पार्टी केन्द्रीय कार्यालयले प्रदेश समितिलाई पठाएको पत्रमा उल्लेख छ।

प्रदेशस्तरीय उक्त सभाका लागि पत्रकार सम्मेलन, प्रचार–प्रसार तथा स्टेज निर्माणको कामसमेत भइरहेको थियो।

यसैबीच गएराति दाङमा रास्वपा समर्थकले नेकपा एमाले को झण्डा जलाएको र एमाले अध्यक्ष केपी शर्मा ओली विरुद्ध आपत्तिजनक नाराबाजी गरेको घटनाका कारण सभा स्थगित भएको अनुमान राजनीतिक वृत्तमा गरिएको छ।

रास्वपा समर्थकले पार्टीको झण्डा जलाएको र नेतृत्वविरुद्ध नाराबाजी गरेको भन्दै एमाले कार्यकर्ता रुष्ट बनेको जनाइएको छ।