सिंहदरबारमा केन्द्रीय सुरक्षा समितिको बैठक सुरु

177 Shares

काठमाडौं । सिंहदरबारमा केन्द्रीय सुरक्षा समितिको बैठक सुरु भएको छ। बैठकमा निर्वाचन सुरक्षा रणनीतिको कार्यान्वयन र आगामी निर्वाचनको तयारीसम्बन्धी छलफल हुने जनाइएको छ।

छलफलमा केन्द्रीय सुरक्षा निकायका पदाधिकारी, सातै प्रदेशका प्रधान सचिव (प्रदेश कमाण्ड पोस्ट) साथै चारवटा सुरक्षा निकायका उच्च अधिकारीहरू र ७७ जिल्लाका प्रधान जिल्ला अधिकारीहरू उपस्थित छन्। बैठक जुम (भर्चुअल) माध्यमबाट सञ्चालन भइरहेको छ।