काठमाडौं । ICC Men's T20 World Cup अन्तर्गत बिहीबार तीन खेल हुने भएका छन्।
पहिलो खेलमा सुपर आठमा प्रवेश गरिसकेको समूह ‘सी’को West Indies cricket team सँग पहिलो पटक विश्वकप खेल्दै गरेको Italy national cricket team ले प्रतिस्पर्धा गर्नेछ। दुवै टोलीबीचको खेल भारतको Eden Gardens मा बिहीबार बिहान सवा ११ बजेदेखि सुरु हुनेछ।
तीन खेलबाट ६ अंकसहित शीर्ष स्थानमा रहेको वेस्ट इन्डिज सुपर आठमा पुगिसकेको छ भने इटालीले दुई अंक जोडेको छ।
त्यस्तै दोस्रो खेलमा समूह ‘बी’बाट सुपर आठ प्रवेश गरिसकेका Sri Lanka national cricket team र Zimbabwe national cricket team बीच प्रतिस्पर्धा हुनेछ। खेल बिहीबार दिउँसो सवा ३ बजेदेखि कोलम्बो मा सुरु हुनेछ।
यसैगरी तेस्रो खेलमा समूह ‘डी’का Afghanistan national cricket team ले Canada national cricket team सँग प्रतिस्पर्धा गर्नेछ। उक्त खेल बिहीबार बेलुका सवा ७ बजेदेखि भारतको चेन्नई मा सुरु हुनेछ।
फेसबुकबाट तपाईको प्रतिक्रिया