काठमाडौं । हाल नेपाल मा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ। मौसमसम्बन्धी जानकारी जल तथा मौसम विज्ञान विभाग ले सार्वजनिक गरेको हो।
बिहीबार बिहान कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यतया बदली भएको छ भने बाँकी पहाडी क्षेत्रमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम मुख्यतया सफा रहेको जनाइएको छ।
बिहीबार दिउँसो देशका हिमाली भू-भागमा सामान्य बदली रहनेछ भने अन्य भू-भागमा आंशिक बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। तराईका केही स्थानमा बिहान हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ।
त्यस्तै, बिहीबार राति कोशी र बागमती प्रदेशसहित हिमाली भू-भागमा सामान्य बदली रहनेछ। मधेश प्रदेशलगायत अन्य पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने अन्य भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा–हिमपातको सम्भावना रहेको छ। तराईका केही स्थानमा तुँवालो लाग्ने सम्भावना रहेको जनाइएको छ
फेसबुकबाट तपाईको प्रतिक्रिया