काठमाडौं । नेपाली काँग्रेस का प्रवक्ता देवराज चालिसे ले सबैको समान अस्तित्व र सहभागिता सुनिश्चित गर्ने उद्देश्यले पार्टीले मधेस प्रदेश बाट प्रतिज्ञापत्र सार्वजनिक गरेको बताउनुभएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा उहाँले मधेसबाट प्रतिज्ञापत्र सार्वजनिक गर्नु आफैँमा महत्वपूर्ण राजनीतिक सन्देश भएको बताउनुभयो । नेपाल सबैको साझा देश भएकाले हरेक प्रदेश र भूगोललाई समान रूपमा जोड्न आवश्यक रहेको उहाँको भनाइ छ ।
उहाँले सबै समुदायको समान अस्तित्व र समान सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै जनकपुरधाम बाट प्रतिज्ञापत्र सार्वजनिक गर्नुले अपनत्व र समावेशिताको सन्देश दिएको उल्लेख गर्नुभयो ।
काठमाडौंबाट मात्र प्रतिज्ञापत्र सार्वजनिक गर्ने पुरानो परम्परालाई परिवर्तन गर्दै मधेसबाट घोषणा गर्नु सोच र व्यवहार दुवैमा परिवर्तनको संकेत भएको उहाँले बताउनुभयो ।
प्रवक्ता चालिसेका अनुसार यसपटक पार्टीले ‘भिजन १०’ अवधारणामा आधारित प्रतिज्ञापत्र मधेस प्रदेशको जनकपुरधामबाट सार्वजनिक गरेको हो । साथै आगामी दिनमा देशका अन्य क्षेत्रबाट पनि यस्ता कार्यक्रम गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।







फेसबुकबाट तपाईको प्रतिक्रिया