देश निर्माणको शक्ति नेकपा एमाले : ईश्वर पोखरेल

144 Shares

काठमाडौं । नेकपा एमालेका नेता तथा प्रतिनिधिसभा सदस्य उम्मेदवार ईश्वर पोखरेल ले एमाले सधैँ देश निर्माण गर्ने शक्तिका रूपमा स्थापित रहेको बताएका छन् । नेकपा एमाले का वरिष्ठ नेता समेत रहेका पोखरेलले प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा पार्टीले विकास, स्थायित्व र राष्ट्रिय स्वाभिमानको एजेन्डालाई प्राथमिकतामा राखेको बताएका हुन् ।

काठमाडौं क्षेत्र नम्बर–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका पोखरेलले बुधबार टोखा मा आयोजित घरदैलो कार्यक्रममा मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै एमालेको विकास दृष्टिकोणबारे जानकारी गराएका थिए । कार्यक्रममा उनले एमालेले सधैँ देश निर्माण र स्थायित्वका लागि काम गरेको दाबी गर्दै विरोधीहरूले विकासका काम रोक्न विभिन्न बहाना खोज्ने गरेको आरोप लगाए ।

पोखरेलले आफू जनताको गुनासा, सुझाव र आलोचना सुन्न तयार रहेको बताउँदै ती समस्यालाई समाधान गर्ने जिम्मेवारी एमालेले लिने विश्वास व्यक्त गरे । उनले वर्तमान राजनीतिक परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा निर्वाचनले देशलाई सही मार्गमा लैजान महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे ।

उनका अनुसार मुलुकको समृद्धि, स्थिरता र विकासका लागि देशभर एमालेको जित आवश्यक रहेको बताए । उनले आगामी निर्वाचनलाई केवल नियमित राजनीतिक प्रक्रिया नभई देशको भविष्य तय गर्ने अवसरका रूपमा लिनुपर्ने धारणा व्यक्त गरे ।

नेता पोखरेलले नेपाल को विकासका लागि दीर्घकालीन नीति, सुशासन र दिगो पूर्वाधार निर्माणमा एमाले प्रतिबद्ध रहेको उल्लेख गर्दै मतदातालाई विकास र स्थायित्वको पक्षमा मतदान गर्न आग्रह गरेका छन् ।