सचिन तिमल्सिना, नेपाली कांग्रेसका काठमाडौं–४ का उम्मेदवारले सस्तो लोकप्रियताले देश नबन्ने दावी गर्नुभएको छ।
काठमाडौंमा बुधबार आयोजित चुनावी कार्यक्रममा सम्बोधन गर्दै उहाँले आफूहरु स्पष्ट वैचारिक र आर्थिक योजनासहित चुनावी मैदानमा उत्रिएको बताउनुभयो। उहाँले कांग्रेसले युवाहरुलाई अवसर दिएको र आफू केवल ‘शक्ति’ प्राप्तिका लागि मात्र नभई ‘सेयर्ड एस्पायरड फ्युचर’ (साझा भविष्यको सपना) निर्माणका लागि आएको जिकिर गर्नुभयो।
नेता तिमल्सिनाले पार्टी सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मा का विचार तथा कांग्रेसको लेगेसीले आफूलाई यो आँट दिएको उल्लेख गर्नुभयो। उहाँले बौद्धिक समुदायलाई मौन नबस्न र नेतृत्वलाई सोसल मिडियामा आलोचना आउँछ भनेर डराउन नहुने पनि आग्रह गर्नुभयो।
काठमाडौं–४ ले विगतमा देशकै अब्बल नीति निर्माता दिएको चर्चा गर्दै, नेता तिमल्सिनाले अब आफू दुई नम्बरको अब्बल सांसद बनेर देखाउने दाबी गर्नुभयो।
फेसबुकबाट तपाईको प्रतिक्रिया