159
Shares
नेपाली कांग्रेस को केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक बुधबार बस्ने भएको छ।
पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाल ले बैठक बिहान ११ बजेदेखि बस्ने जानकारी दिनुभएको छ। बैठकमा यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीसहित समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूका साथै सात वटै प्रदेश कार्यसमितिका सभापतिहरूलाई उपस्थित हुन अनुरोध गरिएको पनि उहाँले बताउनुभएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया