ओलीद्वारा एमालेको ४२ बुँदा प्रतिवद्धता जारी, पपुलिस्ट र दलको दोहोरो चरित्रमा गुनासो

117 Shares

झापा केपी शर्मा ओली ले आफू उम्मेदवार बनेको झापाको क्षेत्र नम्बर ५ मा केन्द्रित ४२ बुँदा प्रतिवद्धता जारी गर्नुभएको छ।

ओलीले राजनीतिक दलहरुको दोहोरो चरित्रका कारण पपुलिस्टहरुले राजनीतिक फाइदा उठाइरहेको गुनासो गर्नु भएको छ। उहाँका अनुसार स्टन्टबाज र पपुलिस्टका कुनै ठोस दर्शन वा नीति कार्यक्रम नभई केवल देखावटी नारा मात्र हुने गर्छ।

निर्वाचन केन्द्रित प्रतिवद्धतापत्रमा सुशासन, भ्रष्टाचार नियन्त्रण, राष्ट्र र राष्ट्रियता, पूर्वाधार जस्ता चार मुख्य विषय समेटिएका छन्। साथै, यसअघि सुरु भएर रोकिएका अधुरा कामहरू पूरा गर्न सशक्त पहल गर्ने, भूमिहीन, दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपूर्जा दिने आश्वासन पनि प्रतिवद्धतामा उल्लेख गरिएको छ।

ओलीले जनता आवास र विपन्न आवास निर्माण कार्यक्रमलाई निरन्तरता दिने, आदिवासी, जनजाति, दलित, सन्थाल, मुस्लिम लगायत पछाडि परेका सबै समुदायका नागरिकको जीवनस्तर उकास्ने कार्यक्रम ल्याउने प्रतिवद्धता पनि प्रतिवद्धतापत्रमा समावेश रहेको जानकारी दिनुभयो।