134
Shares
काठमाडौँमा पैदलयात्रीमाथि मुक्का प्रहार गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरी ले पारस बम लाई पक्राउ गरेको जनाएको छ।
घटनापछि उनलाई रामशाह पथ स्थित ट्राफिक कार्यालय लगिएको छ। प्रारम्भिक विवरण अनुसार उनले चप्पल कारखाना अगाडि एक पैदलयात्रीलाई मुक्का हानेका थिए।
घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो। भिडियोमा कारबाट झरेका व्यक्तिले गाली गर्दै कुटपिट गरेको देखिन्छ भने पछि एक महिला पनि आएर गाली गरेको सुनिन्छ।
प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया