एजेन्सी। सिरिया को उत्तर–पूर्वी क्षेत्रमा रहेका इस्लामिक स्टेट सँग आवद्ध ११ अष्ट्रेलिया ली परिवारको स्वदेश फिर्ती प्रक्रिया समन्वय अभावका कारण अन्तिम समयमा स्थगित भएको छ।
सोमबार ११ अष्ट्रेलियाली परिवारका ३४ सदस्यलाई उत्तर–पूर्वी सिरियास्थित रोज क्याम्प बाट स्वदेश फर्काउने योजना बनाइएको थियो। तर सिरियाली अन्तरिम प्रशासन ले आवश्यक समन्वय नपुगेको भन्दै प्रक्रिया रोकिदिएको जनाएको छ।
क्याम्प अधिकारी शेखमोस अहमद का अनुसार परिवारहरूलाई दमास्कस पुग्नु अघि नै क्याम्पमा फर्काउन आदेश दिइएको थियो। अधिकारीहरूका अनुसार दमास्कस प्रशासनसँग समन्वय गरी नयाँ मिति तय गरिनेछ।
रोज क्याम्पकी निर्देशक हाकिमा इब्राहिम ले हाल क्याम्पमा ४० भन्दा बढी देशका ७ सय ४२ परिवार बसोवास गरिरहेको जानकारी दिनुभयो। सन् २०२६ को यो पहिलो स्वदेश फिर्ती प्रयास रहेको बताइएको छ।
सिरियाली मानवअधिकार पर्यवेक्षक का अनुसार यस्तो स्वदेश फिर्ती प्रक्रियाका लागि क्याम्प प्रशासन, क्षेत्रीय स्वायत्त प्रशासन, विदेशी सरकारहरू तथा अमेरिकी नेतृत्वको गठबन्धनबीच कडा सुरक्षा र समन्वय आवश्यक पर्ने गर्दछ।
फेसबुकबाट तपाईको प्रतिक्रिया