बंगलादेशको शपथ ग्रहण समारोहमा सहभागी हुन परराष्ट्रमन्त्री शर्मा ढाका पुग्नुभयो

146 Shares

काठमाडौं बंगलादेश को नवनिर्वाचित सरकारको पद तथा गोपनीयता शपथ ग्रहण समारोहमा सहभागी हुन नेपाल का परराष्ट्रमन्त्री बालानन्द शर्मा सोमबार राति ढाका पुग्नुभएको छ।

हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थल मा मन्त्री शर्मा र नेपाली प्रतिनिधिमण्डललाई बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारी तथा बंगलादेश परराष्ट्र मन्त्रालय का सचिव डा. मोहम्मद नजरुल इस्लाम ले स्वागत गर्नुभएको थियो। बंगलादेशमा सम्पन्न १३ औँ संसदीय निर्वाचनपछि गठन हुन लागेको नयाँ सरकारको स्वागतका लागि नेपालले उच्चस्तरीय प्रतिनिधित्व पठाएको हो।

यसअघि प्रधानमन्त्री सुशीला कार्की ले बंगलादेशमा सफलतापूर्वक संसदीय निर्वाचन सम्पन्न भएकोमा त्यहाँको सरकार र जनतालाई बधाई दिनुभएको थियो। सामाजिक सञ्जाल Facebook मार्फत शुभकामना सन्देश जारी गर्दै उहाँले बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) लाई चुनावी विजयतर्फ डोर्‍याएकोमा तारिक रहमान लाई विशेष बधाई ज्ञापन गर्नुभएको थियो।

प्रधानमन्त्री कार्कीले आफ्नो सन्देशमा बीएनपीको जितलाई सराहनीय भन्दै दुई देशबीचको सम्बन्ध आगामी दिनमा थप प्रगाढ हुने विश्वास व्यक्त गर्नुभएको छ।