महाशिवरात्रि अवसरमा पशुपतिमा आएका साधु–सन्तलाई आज दक्षिणासहित बिदाई गरिँदै

139 Shares

काठमाडौं महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ मन्दिर दर्शनका लागि आएका साधु–सन्तलाई मंगलबार दान–दक्षिणासहित बिदाई गरिने भएको छ।

गुठी संस्थानपशुपति क्षेत्र विकास कोष का अनुसार फागुन कृष्ण एकादशीका दिन पशुपतिमा आएका साधु–सन्तलाई फाल्गुन कृष्ण औंसीका दिन बिदाई गर्ने परम्परा रहेको छ।

संस्थानका पूर्व उपप्रशासक दीपकबहादुर पाण्डे का अनुसार वि.सं. १८३१ सालमा जगतजंग ले जगन्नन्द प्रकाशेश्वर गुठी स्थापना गरेदेखि यो परम्परा सुरु भएको हो। यस वर्ष साधु–सन्त बिदाईका लागि करिब ३० लाख रुपैयाँ बजेट छुट्याइएको छ।

दक्षिणा वितरणका लागि रातो, नीलो, सेतो, पहेँलो र हरियो रङका कार्ड साधु–सन्तलाई आएकै दिन वितरण गरिएको थियो। कार्डका आधारमा स्तरअनुसार दक्षिणा दिने परम्परा रहेको बताइएको छ।

नेपाल बाहिरबाट आएका नागा बाबा तथा साधु–सन्तलाई नजिकको सीमासम्म पुग्न सहज होस् भनेर दक्षिणा रकम बढाइएको संस्थानले जनाएको छ। पशुपतिका गोरखनाथ मठ, आर्यघाट पारिको रामचन्द्र मन्दिर, भस्मेश्वर अखडा, निर्मला अखडा लगायत पशुपति परिसरका विभिन्न स्थानमा गरी करिब चार हजार साधु–सन्त रहेका कोषले जनाएको छ।