रामेछाप । मंगलबार भएको बस दुर्घटनामा बेपत्ता भएका एक बालकको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछाप का अनुसार मन्थली नगरपालिका–२ पिप्लेका ९ वर्षीय क्रिचन तामाङको शव फेला परेको हो । सो दुर्घटनामा यसअघि १२ जनाको ज्यान गएको थियो भने २ बालकसहित ३ जना बेपत्ता भएका थिए ।
स्थानीय बासिन्दा र सुरक्षाकर्मीको संयुक्त खोजी अभियानका क्रममा नदी किनारमा शव फेला परेको कार्यालयका प्रमुख भोला भट्ट ले जानकारी दिनुभएको छ ।
हालसम्म अझै दुई जना नदीमा बेपत्ता रहेको प्रहरीले जनाएको छ । एक जनाको शव फेला परेसँगै उक्त दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ ।
दुर्घटनापछि बेपत्ता भएकाको खोजी कार्य निरन्तर जारी राखिएको थियो । शव फेला परेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टम गरिएको प्रहरीले जनाएको छ । घटनाप्रति स्थानीयवासीमा अझै शोकको वातावरण रहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया