171
Shares
काठमाडौं । ट्वान्टी–२० विश्वकप २०२६ अन्तर्गत सोमबार भएको खेलमा अफगानिस्तान ले संयुक्त अरब इमिरेट्स (यूएई) लाई ५ विकेटले पराजित गरेको छ ।
यूएईले दिएको १ सय ६१ रनको लक्ष्य अफगानिस्तानले १९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो। अफगानिस्तानको जितमा अजमतुल्लाह उमरजाइ ले २१ बलमा २ चौका र ३ छक्काको सहयोगमा अविजित ४० रन बनाएका थिए।
त्यसैगरी इब्राहिम जाद्रान ले ४१ बलमा ६ चौका र १ छक्काको सहयोगमा ५३ रनको अर्धशतक प्रहार गरेका छन्।
यसअघि टस जितेर बलिङ रोजेको अफगानिस्तानविरुद्ध पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६० रन बनाएको थियो। यूएईका लागि सोहेब खान ले सर्वाधिक ६८ रन बनाएका थिए।
फेसबुकबाट तपाईको प्रतिक्रिया