पेट्रोलियम पदार्थको मूल्य वृद्धि, आज रातिदेखि नयाँ दर लागू

140 Shares

काठमाडाैं । नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल र डिजेल/मट्टितेलको मूल्य बढाइएको निगमले जानकारी दिएको छ।

निगमका अनुसार पेट्रोलमा १ रुपैयाँ र डिजेल/मट्टितेलमा ३ रुपैयाँले मूल्य वृद्धि गरिएको छ। मूल्य वृद्धिसँगै काठमाडौं, पोखरादिपायल मा पेट्रोलको मूल्य प्रतिलिटर १५६ रुपैयाँ पुगेको छ।

त्यस्तै सुर्खेतदाङ मा पेट्रोलको मूल्य १५५ रुपैयाँ कायम गरिएको छ।

यसैगरी चारआली, विराटनगर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढीवीरगञ्ज मा पेट्रोलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ ५० पैसा कायम गरिएको छ।

नयाँ मूल्य सूची आज राति १२ बजेपछि लागू हुने निगमले जनाएको छ।