काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ प्रतिनिधिसभा सदस्य निर्वाचन का लागि प्रचार–प्रसारको समय फागुन ४ गतेदेखि १८ गतेसम्म तोकेको छ र सरोकारवालाहरूलाई आचारसंहिताको पूर्ण पालना गर्न निर्देशन दिएको छ।
निर्वाचन आयोगले तय कार्यतालिका अनुसार राजनीतिक दल र उम्मेदवारहरूलाई प्रचारप्रसारका लागि निश्चित समयसीमा प्रदान गरेको हो। आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ले जानकारी दिँदै भने, “संवत २०८२ साल फाल्गुन ३ गते राति १२ बजेपछि फाल्गुन ४ गतेदेखि प्रचार सुरु हुने र फाल्गुन १८ गते राति १२ बजे समापन हुनेछ।”
भण्डारीका अनुसार प्रचारका क्रममा राजनीतिक दल, उम्मेदवार, नेता, प्रतिनिधि र शुभेच्छुकहरूले निर्वाचन आचार संहिताको पूर्ण पालना गर्नुपर्ने छ। उनले भने, “आयोग चाहन्छ कि आचार संहिता उल्लंघन भएको भन्दै मात्र कानुनी कारबाहीको आवश्यकता नपरोस्। यस संहितालाई राजनीतिक दल र सरोकारवालासँगको व्यापक विचार-विमर्शपछि तयार पारिएको हो।”
आयोगले प्रचार–प्रसारको निगरानी र अनुगमनका लागि विभिन्न संयन्त्रहरू परिचालन गर्ने जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया