‘प्रगतिशील लोकतन्त्र, उन्नतिशील राष्ट्र’ नारासहित प्रलोपा ले प्रतिबद्धतापत्र सार्वजनिक

129 Shares

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ।

आज आयोजित पत्रकार सम्मेलनमार्फत पार्टी अध्यक्ष दुर्गा सोब र अध्यक्ष सन्तोष परियार लगायतले संयुक्त रूपमा प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन्।

पत्रकार सम्मेलनमा बोल्दै नेताहरूले मुलुक चरम आर्थिक संकट, राजनीतिक दल तथा नेतृत्वको तीव्र भ्रष्टीकरण र कुशासनका कारण गम्भीर परिस्थितिमा पुगेको उल्लेख गरे। गत भदौ २३–२४ मा भएको ‘जेनजी विद्रोह’ ले नेपाली समाजमा ठूलो प्रभाव पारेको र उक्त आन्दोलनको परिणामस्वरूप चुनावी अन्तरिम सरकार गठन भएको जानकारी दिइएको छ।

नेताहरूले आगामी निर्वाचनमार्फत अग्रगामी वैकल्पिक शक्तिको सार्थक पहल सम्भव भए मुलुकको राजनीतिक पुनर्संरचना, सुशासन र समृद्धिको ढोका खुल्ने विश्वास व्यक्त गरेका छन्।