हिन्दू धर्मशास्त्र अनुसार हरेक दिन कुनै न कुनै देवी-देवताको पूजा गर्ने परम्परा रहेको छ। त्यसैअनुसार आइतबारको दिन विशेष रूपमा सूर्य देवको पूजा गर्ने दिनका रूपमा मानिन्छ।
धार्मिक मान्यताअनुसार आइतबार सूर्य देवताको श्रद्धापूर्वक पूजा गर्नाले व्यक्तिले समाजमा आदर, प्रतिष्ठा र सम्मान प्राप्त गर्ने विश्वास गरिन्छ। साथै सूर्य मन्त्र जप गर्दा जन्मकुण्डलीमा रहेको सूर्यदोष कम हुने वा नष्ट हुने मान्यता पनि छ।
आइतबार बिहान सबेरै उठेर स्नान गरी नजिकको मन्दिरमा दर्शन गर्ने र त्यसपछि सूर्य देवलाई जल अर्पण गर्ने परम्परा छ। यसो गर्दा जीवनमा सकारात्मक ऊर्जा बढ्ने र ग्रहदोष शान्त हुने विश्वास गरिन्छ।
पूजाको क्रममा सूर्य देवलाई मन पर्ने रातो फूल, रातो चन्दन, गुडहलको फूल तथा चामल चढाउने चलन छ। साथै गुड वा गुडबाट बनेका मिठाइ चढाउँदा पनि शुभ फल प्राप्त हुने धार्मिक विश्वास रहेको छ।
यसरी विधिपूर्वक सूर्य पूजा गर्दा आत्मबल, सम्मान र सुख-समृद्धि बढ्ने धार्मिक धारणा रहिआएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया