निर्वाचनमाथि शेख हसिनाको प्रश्न : ‘धोका र नाटकको चुनाव’ भएको आरोप

134 Shares

काठमाडौंSheikh Hasina ले Bangladesh मा सम्पन्न जनमत संग्रहलाई ‘धोका र नाटकको चुनाव’ भएको टिप्पणी गरेकी छन्।

उनको पार्टी Awami League ले सामाजिक सञ्जालमार्फत बयान जारी गर्दै शुक्रबार सम्पन्न निर्वाचनलाई ‘धोका र नाटकको चुनाव’ को संज्ञा दिएको हो।

जारी बयानअनुसार हसिनाले मतदान केन्द्रहरूमा मतदाता नभएको तर मतगणना टेबलमा मतहरू देखिएको आरोप लगाएकी छन्। ‘१२ फेब्रुअरीमा देशले पहिले नै तय भएको धोका र नाटक रचिएको चुनाव देख्यो,’ उनले उल्लेख गरेकी छन्। उनका अनुसार यो चुनाव बंगलादेशको लोकतान्त्रिक इतिहासमा लज्जास्पद अध्यायका रूपमा दर्ज हुने दाबी गरिएको छ।

समाचार संस्था BBC का अनुसार उनले चुनावी तथ्यांकमा गम्भीर अनियमितता भएको आरोप पनि लगाएकी छन्। मत परिणामका तथ्यांक असम्भव र विरोधाभाषी देखिएको उनको जिकिर छ।

हसिनाका अनुसार सामान्यतया बिहान ११ बजेसम्म मतदान दर उच्च हुने भए पनि त्यस अवधिमा केवल १४.९६ प्रतिशत मतदान भएको देखिएको र मध्याह्न एक्कासी बढेर ३२.८८ प्रतिशत पुगेको तथ्यांक अस्वाभाविक भएको दाबी गरिएको छ।

निर्वाचन आयोगले सार्वजनिक गरेको कुल मतदान तथ्यांक र मतदान केन्द्रको वास्तविक अवस्थाबीच मेल नखाने उनको आरोप छ। उनले रित्तो मतदान केन्द्र, निष्क्रिय बुथ र मतदाताको न्यून उपस्थितिको दाबी पनि गरेकी छन्।

पूर्वप्रधानमन्त्री हसिनाले जनमत संग्रह प्रक्रिया तथा मत परिणाम ढिलो सार्वजनिक गरिएको विषयमा समेत प्रश्न उठाएकी छन्।