पश्चिमी वायुको प्रभाव : देशभर आंशिक बदली, उच्च भू-भागमा हल्का वर्षा र हिमपातको सम्भावना

158 Shares

काठमाडौं । हाल नेपाल मा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। यसका कारण देशभर आंशिक बदलीको अवस्था रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखा का अनुसार दिउँसो तराई भू-भागका केही स्थानहरूमा मध्यान्नसम्म हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ।

त्यस्तै कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशकर्णाली प्रदेश का उच्च पहाडी तथा हिमाली भू-भागमा सामान्यतया बदली रहनेछ भने बाँकी पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली रहने जनाइएको छ।

तराई भू-भागमा मुख्यतया मौसम सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति तराईका थोरै स्थानमा तुवाँलो लाग्ने सम्भावना छ। त्यसैगरी कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ भने अन्य भू-भागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।