आईसीसी टी–२० विश्वकपमा जिम्बाब्वेको लगातार दोस्रो जित

159 Shares

काठमाडाैं । ICC Men's T20 World Cup क्रिकेट अन्तर्गत जिम्बाब्वेले लगातार दोस्रो जित हासिल गरेको छ।

श्रीलंकाको कोलम्बोस्थित आर प्रेमादासा स्टेडियम मा शुक्रबार भएको खेलमा जिम्बाब्वे राष्ट्रिय क्रिकेट टोली ले अस्ट्रेलिया राष्ट्रिय क्रिकेट टोली लाई २३ रनले पराजित गर्यो।

जिम्बाब्वेले दिएको १७० रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले १९.३ ओभरमा १४६ रन बनाउँदा सबै विकेट गुमायो। अस्ट्रेलियाका म्याट रेनशा ले ६५ रन बनाए। जिम्बाब्वेका ब्लेसिङ मुजरबानी ले ४ विकेट तथा ब्राड इभान्स ले ३ विकेट लिए।

यसअघि टस हारेर ब्याटिङ गरेको जिम्बाब्वेले २० ओभरमा २ विकेट गुमाएर १६९ रन बनाएको थियो। जिम्बाब्वेका ब्रायन बेनेट ले अविजित ६४ रन बनाए। अस्ट्रेलियाका मार्कस स्टोइनिसक्यामरुन ग्रीन ले समान १/१ विकेट लिए।

यस जितसँगै जिम्बाब्वे २ खेलबाट ४ अंकसहित समूह ‘बी’ को दोस्रो स्थानमा पुगेको छ। अस्ट्रेलियाले भने प्रतियोगितामा पहिलो हार बेहोरेको हो।

प्रतियोगितामा २० टोली चार समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहका शीर्ष दुई टोली ‘सुपर–एट’ मा पुग्नेछन् भने त्यहाँबाट उत्कृष्ट टोली सेमिफाइनल हुँदै फाइनल पुग्नेछन्। फाइनल खेल आगामी मार्च ८ मा हुने तालिका छ।