नेपाली कांग्रेसले आइतबार प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि घोषणापत्र सार्वजनिक गर्ने

166 Shares

काठमाडाैं । नेपाली कांग्रेसले आगामी आइतबार प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि आफ्नो नेपाली कांग्रेस घोषणापत्र सार्वजनिक गर्ने भएको छ।

पार्टीका प्रवक्ता तथा केन्द्रीय प्रचार प्रसार समिति संयोजक देवराज चालिसे ले आइतबार प्रतिज्ञा पत्र सार्वजनिक गरिने जानकारी दिनुभयो। कांग्रेसले आफ्नो घोषणापत्रलाई “प्रतिज्ञा पत्र” नाम दिएको छ।

प्रवक्ता चालिसेका अनुसार प्रतिज्ञा पत्र सार्वजनिकका लागि आइतबार दिउँसो २ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालय मा पत्रकार सम्मेलन आयोजना गरिनेछ।