174
Shares
काठमाडौं । नेपाल प्रहरी ले नागढुंगा बाट अमेरिकन पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ।
चन्द्रागिरी नगरपालिका–२ नागढुंगाबाट ‘मेड इन यूएसए’ लेखिएको पेस्तोल १ थान र गोली ४ राउण्डसहित एक जना पक्राउ परेका हुन्। पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका–२ बस्ने ३० वर्षीय केयुर पुरी रहेका छन्।
उनीलाई प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले शुक्रबार बिहान पक्राउ गरेको प्रहरीले जनाएको छ।
चितवन बाट काठमाडौं तर्फ आउँदै गरेको बा १९ च ६९० नम्बरको कार तलासी गर्दा उक्त पेस्तोल फेला परेको प्रहरीले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया