काठमाडौं । आईसीसी टी–२० विश्वकप अन्तर्गत समूह ‘ए’ को खेलमा भारतले नामिबियालाई ९३ रनको फराकिलो अन्तरले पराजित गरेको छ।
दिल्ली स्थित अरुण जेटली स्टेडियम मा बिहीबार राति भएको खेलमा भारतले पहिले ब्याटिङ गर्दै २० ओभरमा ९ विकेट गुमाएर २ सय ९ रन बनाएको थियो। जवाफमा नामिबिया १८ ओभर २ बलमा अलआउट हुँदै १ सय १६ रनमा समेटियो।
भारतका इशान किशन ले २० बलमा ६१ रन बनाएका थिए। त्यस्तै हार्दिक पाण्ड्या ले २७ बलमा ५२ रनको आक्रामक इनिङ्स खेले। उनले बलिङमा पनि २ विकेट लिए।
यस्तै वरुण चक्रवर्ती ले ३ विकेट लिए भने अक्षर पटेल ले २ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरेका थिए। यस जितसँगै भारतले लगातार दोस्रो जित हात पारेको छ र समूहको शीर्ष स्थानमा उक्लिएको छ।
यसअघि पहिलो खेलमा भारतले अमेरिकालाई पराजित गरेको थियो। अब भारतको अर्को खेल पाकिस्तानसँग आइतबार श्रीलंका मा हुने भएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया