काठमाडौं । काठमाडौं मा केन्द्रित गतिविधिसहित नेपाल को प्रमुख दल नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा चुनाव लक्षित गर्दै पार्टीका मातहत निकायमा ३४ बुँदे परिपत्र पठाएको छ।
पार्टीले चुनाव जित्ने नाममा जथाभावी आश्वासन नदिन उम्मेदवार र पार्टी संरचनालाई सचेत गराएको छ। राष्ट्रिय योजनाको दृष्टि केन्द्रबाट निर्माण हुने र स्थानीय परियोजना आवश्यकताका आधारमा तय गर्नुपर्ने उल्लेख गर्दै भौतिक पूर्वाधार परियोजनाबारे लहडका आधारमा नबोल्न निर्देशन दिइएको छ। साथै दबाब दिएर आर्थिक सहयोग सङ्कलन नगर्न पनि स्पष्ट निर्देशन दिइएको छ।
कांग्रेसले विश्वप्रकाश शर्मा को संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ। समितिले तयार गरेको “नेपाली कांग्रेस निर्वाचन परिचालन निर्देशिका २०८२” केन्द्रीय कार्यसम्पादन समितिबाट पारित भइसकेको जनाएको छ।
१ सय ६५ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको कांग्रेसले आगामी फागुन २ गते चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया