140
Shares
काठमाडौं । काठमाडौंबाट ओखलढुंगाको रगनीतर्फ जाँदै गरेको यात्रुबाहक बस रामेछापमा दुर्घटनाग्रस्त भएको छ। उक्त बस रामेछापको मन्थली नगरपालिका–६ क्षेत्रस्थित तामाकोशी नदीमा खसेको बताइएको छ।
दुर्घटनामा ठूलो मानवीय क्षति भएको आशंका गरिएको छ। बसको नम्बर र यात्रु संख्या भने हालसम्म खुल्न सकेको छैन।
घटनापछि स्थानीयवासी तथा सुरक्षाकर्मीहरू उद्धार तथा खोजी कार्यमा खटिएका छन्। थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया