काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हाजिरी जमानीमा रिहा गरिएको छ। केन्द्रीय साइबर ब्यूरोका एसपी दीपकराज अवस्थीका अनुसार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको आदेशअनुसार उनलाई रिहा गरिएको हो।
प्रसाईंलाई प्रहरीले शुक्रबार दक्षिणकाली नगरपालिका–चाल्नाखेल क्षेत्रबाट नियन्त्रणमा लिएको थियो। उनी काठमाडौंबाट पर्साको वीरगञ्जतर्फ जाँदै थिए। पक्राउको क्रममा प्रहरीले आवश्यक कारबाही अघि बढाएको थियो।
प्रसाईं पछिल्लो समय ‘पहिला हिन्दू अधिराज्य, अनि मात्रै निर्वाचन’ भन्ने विषयमा सार्वजनिक अभिव्यक्ति दिँदै आएका थिए। यही विषयमा १९ माघमा चितवन पुगेका उनी राजसंस्था पुनःस्थापना नभएसम्म निर्वाचन नहुने दाबी गर्दै आएका थिए।
प्रहरी र कानुनी निकायले उनको अभिव्यक्तिप्रति निगरानी राख्दै आवश्यक कानुनी प्रक्रिया अघि बढाएको बताइएको छ। हाजिरी जमानीमा रिहा भए पनि उनका गतिविधि र अभिव्यक्तिप्रति सम्बन्धित निकाय सतर्क रहेको जानकारी दिइएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया