चीनको खुलापन र १५ औँ पञ्चवर्षीय योजनाबाट नेपालले लाभ लिनुपर्ने विज्ञहरूको सुझाव

50 Shares

काठमाडौँ । नेपाल–चीन सम्बन्धका विज्ञहरूले चीनको खुलापन नीति तथा १५ औँ पञ्चवर्षीय योजनाबाट नेपालले प्रत्यक्ष लाभ उठाउनुपर्ने बताएका छन्।

‘फ्रेन्ड अन क्लाउड’ले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा चीनको विकास सम्बन्धी अध्येता तथा अनुसन्धानकर्ता रोयल आचार्यले चीनको आगामी पञ्चवर्षीय योजना र नेपालका सम्भावित अवसरबारे कार्यपत्र प्रस्तुत गरेका थिए।

उनको कार्यपत्रमा चीनको १५ औँ पञ्चवर्षीय योजनाका प्रमुख विशेषता समेटिएका थिए। राष्ट्रिय सुरक्षा र दिगो विकास, युवा केन्द्रित नीति, सीपमा आधारित विकास, सेवामूलक क्षेत्रको विस्तार, कृषिमा आधारित उत्पादन, गुणस्तरीय उत्पादन, ग्रामीण विकास तथा लगानी प्रवर्द्धनजस्ता विषय योजनामा प्राथमिकतासाथ समावेश गरिएको उल्लेख गरिएको थियो।

कार्यपत्रमाथि डा. रघु वाग्ले र डा. मुक्ति रिजालले टिप्पणी गर्दै विकासको दीर्घकालीन सोच र कार्यान्वयनका विषयमा चीनबाट सिक्नुपर्ने धारणा व्यक्त गरे।

उक्त कार्यक्रममा वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, जलस्रोतविद् कृष्णप्रसाद भण्डारी र राप्रपाका नेता श्याम घिमिरेलाई सम्मानसमेत गरिएको थियो।