55
Shares
काठमाडौँ । नेपाली कांग्रेसले आइतबारका लागि केन्द्रीय कार्यसम्पादन समितिको ‘भर्चुअल’ बैठक बोलाएको छ।
कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक बिहान ८:३० बजे सुरु हुनेछ। बैठकका लागि तीनवटा मुख्य एजेन्डा तय गरिएको छ।
बैठकका एजेन्डा:
१. नेपाली कांग्रेस प्रतिनिधि सभा निर्वाचन परिचालन निर्देशिका – ०८२
२. नेपाली कांग्रेस सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका – ०८२
३. केन्द्रीय अनुशासन समिति गठन सम्बन्धमा
बैठकले आगामी निर्वाचनको तयारी, पार्टी कार्यक्रम व्यवस्थापन र अनुशासन सम्बन्धी विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया