इरान–अमेरिका वार्ता सकारात्मक, तर ठोस रोडम्यापबिनै सम्पन्न

181 Shares

एजेन्सी । इरान र अमेरिकाबीच ओमानको मध्यस्थतामा भएको वार्ता सकारात्मक रहेको इरानी अधिकारीहरूले जानकारी दिएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार वार्तामा सहभागीहरूले छलफललाई सकारात्मक रूपमा वर्णन गरेका छन्, तर यसले अमेरिकी आक्रमणको बढ्दो आशंका कम गर्ने ठोस रोडम्याप भने प्रदान नगरेको बताइएको छ।

ओमानको राजधानी मस्कटमा सम्पन्न वार्तामा इरानी टोलीको नेतृत्व विदेशमन्त्री अब्बास अराघचीले गरेका थिए भने अमेरिकाको तर्फबाट विशेष दूत स्टीव विटकफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुशनर सहभागी भएका थिए।

वार्तापछि विदेशमन्त्री अराघचीले शीर्ष तहमा थप छलफलपछि आगामी चरणबारे निर्णय लिइने बताएका छन्। वार्ताको केन्द्रमा इरानको ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रम र क्षेत्रीय सुरक्षा विषय रहेको जनाइएको छ।

अमेरिकाले भने वार्ताबारे तत्काल कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।