45
Shares
काठमाडौं । बरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ । पारिवारिक श्रोतले दिएको जानकारी अनुसार हृदयघातका कारण उनको आज बिहान निधन भएको हो ।
तुलसी घिमिरेको निर्देशनमा बनेको ब्लकबस्टर चलचित्र चिनोमा राते काईंलाको उपनाम भएको चलचित्रबाट अमिट छाप छोडेको थापाले नेपाली सिनेमा क्षेत्रमा ठूलो योगदान दिएका छन् । आफूले पाएको चरित्रलाई जीवन्त तरिकाले निभाउने उनले भारतीय चलचित्रमा समेत प्रभावकारी अभिनय गरेका छन् । थापाले चलचित्रहरुमा खलनायकी चरित्रलाई निर्भाह गर्ने गरेका थिए ।
उनी पछिल्लो समय शंखमुलमा रहेको अपार्टमेन्टमा बस्दै आएका थिए । उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया