राष्ट्रिय सभाबाट राष्ट्रिय विधि विज्ञान प्रयोगशाला सम्बन्धी विधेयक पारित

174 Shares

काठमाडाैं । राष्ट्रिय सभाबाट राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक २०८१ सर्वसम्मतिले पारित भएको छ।

शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री सुशीला कार्कीको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले प्रस्तुत गर्नुभएको उक्त विधेयक बैठकले सर्वसम्मत रूपमा पारित गरेको हो। विधेयकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापना तथा सञ्चालनका लागि आवश्यक कानूनी व्यवस्था गरिएको छ।

राष्ट्रिय सभाको अर्को बैठक यही माघ २६ गते सोमबार दिउँसो १ बजेर १५ मिनेटमा बस्ने गरी बोलाइएको छ।