जुम्लामा उम्मेदवारी कसैविरुद्ध होइन : ज्ञानेन्द्र शाही

152 Shares

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले जुम्लाबाट आफ्नो उम्मेदवारी कुनै व्यक्ति वा पार्टीविरुद्ध नभएको स्पष्ट पार्नुभएको छ।

सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै शाहीले आफू सौहार्दपूर्ण प्रतिस्पर्धाको पक्षमा रहेको बताउनुभयो। केन्द्र सत्ताबाट जुम्लाका जनप्रतिनिधिमाथि हुने “दास व्यवहार” विरुद्ध आफ्नो उम्मेदवारी रहेको उहाँको भनाइ छ।

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार विनिता कठायतले शाहीले मतदातामा भ्रम फैलाउँदै भोट मागिरहेको आरोप लगाउनुभएको छ।