समानुपातिकतर्फ ३ हजारभन्दा बढी उम्मेदवारको अन्तिम बन्दसूची सार्वजनिक

172 Shares

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको उम्मेदवारहरूको अन्तिम बन्दसूची सार्वजनिक गरेको छ।

मंगलबार प्रकाशित अन्तिम नामावली अनुसार ६३ राजनीतिक दलबाट ५७ चुनाव चिह्न कायम भएका कूल ३ हजार १ सय ३५ उम्मेदवार समावेश छन्। आयोगका अनुसार प्रकाशित बन्दसूचीमा १ हजार ७ सय ७२ महिला र १ हजार ३ सय ६३ पुरुष उम्मेदवार रहेका छन्। यसपटक दलहरूले पेश गरेको समानुपातिक बन्दसूचीमा पुरुषको तुलनामा महिलाको सङ्ख्या बढी देखिएको छ।

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २९ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम १६ को उपनियम (२) बमोजिम अन्तिम नामावली प्रकाशन गरेको जनाएको छ।

यसअघि आयोगले बन्दसूचीमा समावेश गरिएका ७६ जना उम्मेदवारको नामावली भने हटाइसकेको थियो।