रास्वपा उम्मेदवार बालेन्द्र साहलाई निर्वाचन आयोगले दोस्रोपटक स्पष्टीकरण सोध्यो

200 Shares

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का झापा–५ का उम्मेदवार बालेन्द्र साहलाई निर्वाचन आयोगले दोस्रोपटक स्पष्टीकरण सोधेको छ।

निर्वाचन आयोगका अनुसार, साहको प्रचारप्रसारका क्रममा सादा पोसाकमा प्रहरी भोट माग्दै गरेको आशयको श्रव्यदृश्य सामग्री प्राप्त भएको थियो। यसकै सम्बन्धमा आइतबार उहाँलाई दोस्रोपटक स्पष्टीकरण सोधिएको हो।

त्यस्तै, प्रचार अभियानका क्रममा साहकी श्रीमतीसँग सादा पोसाकमा प्रहरी खटिएको विषयमा पनि आयोगले स्पष्ट जवाफ मागेको छ।

निर्वाचन आचारसंहिता उल्लंघनको आशंकामा आयोगले साहलाई तीन दिनभित्र लिखित जवाफ पेस गर्न निर्देशन दिएको जनाएको छ।