कर्तव्यपालनका क्रममा प्रहरीका व्यावसायिक निर्णयको जिम्मा राज्यले लिन्छ : प्रधानमन्त्री कार्की

160 Shares

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले कर्तव्यपालनका क्रममा प्रहरीले गरेका व्यावसायिक निर्णयहरूको जिम्मेवारी राज्यले लिने बताउनुभएको छ।

सोमबार काठमाडौंमा आयोजित नेपाल प्रहरीका निरीक्षकहरूको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले सही निर्णय गर्दा आउने आलोचनाबाट नडराउन प्रहरी अधिकृतहरूलाई आग्रह गर्नुभयो। निर्वाचनका क्रममा एक थोपा रगतसमेत नबगोस् र एकजना पनि घाइते नहोस् भन्ने सरकारको चाहना रहेको उल्लेख गर्दै उहाँले कर्तव्य निर्वाहका क्रममा हुने घटनाको जिम्मेवारी राज्यले लिनुपर्ने स्पष्ट पार्नुभयो।

प्रधानमन्त्री कार्कीले गत भदौ २३ र २४ गते भएको आन्दोलनपछिको अवस्था नेपाल प्रहरीका लागि चुनौतीपूर्ण रहे पनि संगठन अझ संगठित र विश्वसनीय संस्थाका रूपमा अघि बढिरहेको बताउनुभयो। उहाँले आगामी निर्वाचन नेपालको लोकतन्त्रका लागि उदाहरणीय मानक बन्नुपर्ने धारणा व्यक्त गर्नुभयो।