काठमाडौं। गृह मन्त्रालयले वडातहसम्म राजनीतिक दलका पदाधिकारी र प्रबुद्ध व्यक्तिहरूको सहभागिता सुनिश्चित गर्दै स्वतन्त्र, निष्पक्ष तथा भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने उद्देश्यसहित नयाँ अवधारणा सार्वजनिक गरेको छ।
मन्त्रालयले शुक्रबार ‘सुव्यवस्थित निर्वाचन व्यवस्थापनका लागि वडा तहसम्म समन्वय र सहकार्य अभिवृद्धि गर्ने सम्बन्धी अवधारणा, २०८२’ जारी गरेको हो। निर्वाचन प्रक्रियाका सबै चरणमा राजनीतिक दल, नागरिक समाज, सञ्चार जगत, निजी क्षेत्र तथा प्रबुद्ध व्यक्तिहरूको भूमिका महत्वपूर्ण हुने ठहर गर्दै उक्त अवधारणा ल्याइएको मन्त्रालयले जनाएको छ।
अवधारणा कार्यान्वयनका लागि गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई पत्राचार गरिसकेको छ। वडा तहमा क्रियाशील राजनीतिक व्यक्तित्व, पदाधिकारी र प्रबुद्ध वर्गलाई निर्वाचन व्यवस्थापनसम्बन्धी कार्यमा सहभागी गराएर निर्वाचनप्रति अपनत्व बढाउने र निष्पक्ष वातावरण सुनिश्चित गर्ने लक्ष्य रहेको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिना गर्नु भयो।
यस अवधारणाको प्रभावकारी कार्यान्वयनका लागि प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूलाई जिम्मेवार बनाइएको पनि मन्त्रालयले स्पष्ट पारेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया