झापा–५ का उम्मेदवार बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी

202 Shares

काठमाडौँ । काठमाडौं महानगरपालिकाका पूर्वमेयर तथा झापा–५ का प्रतिनिधिसभा उम्मेदवार बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता भएको छ।

उजुरीमा सामाजिक सञ्जालमार्फत प्रमाणबिनै गम्भीर आरोप लगाएर निर्वाचन आचारसंहिता, प्रचलित कानून र लोकतान्त्रिक बहसको मर्म उल्लंघन गरेको उल्लेख गरिएको छ। उजुरीकर्ताले बालेनले प्रयोग गरेका शब्दहरूले व्यक्तिको प्रतिष्ठामा क्षति पुर्‍याउने र मतदातालाई भ्रमित पार्ने जोखिम रहेको जनाएका छन्।

अभिव्यक्तिको छानबिन गरी आचारसंहिता उल्लङ्घन ठहर भए आवश्यक कारबाही गर्न पनि उजुरीमा माग गरिएको छ।

त्यसैगरी, महोत्तरी लगायतका क्षेत्रमा उनका पार्टीका कार्यकर्ताले भारतीय नम्बर प्लेटका सवारी साधन प्रयोग गरेको विषयमा पनि छानबिन गर्न माग गरिएको छ।