काठमाडौं । निर्वाचन आयोगमा तीन जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी परेको छ।
नेकपा एमालेको समानुपातिक सूचीमा रहेका सिरहाका चन्देश्वर भण्डलविरुद्ध उजुरी परेको छ। मण्डल आदिवासी भएकाले मधेशी क्लस्टरमा राख्न नमिल्ने दाबी उजुरीमा छ।
नेपाली कम्युनिस्ट पार्टीको समानुपातिक सूचीमा रहेका जीवन लामाविरुद्ध पनि उजुरी परेको छ। उनी अपांगता भएका व्यक्ति अन्तर्गत राखिएको तर वास्तविकमा अपांगता नभएको उजुरीमा उल्लेख छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका कुमार बहादुर थापाविरुद्ध उजुरी परेको छ। उजुरीमा उनको नाम उत्तरपानी चिया बगानको जग्गा अनधिकृत बिक्री सम्बन्धी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा विचाराधीन मुद्दासँग जोडिएको बताइएको छ।
उजुरीहरू आयोगमा अध्ययनको चरणमा छन्। राजनीतिक दलहरूले गत पुस १३ र १४ गते समानुपातिक सूची बुझाएका थिए। त्यसपछि नाम फिर्ता र अन्तिम नामावली प्रकाशनको प्रक्रिया पूरा भएको थियो।
निर्वाचन आयोगले यही माघ २० गते समानुपातिक उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका तय गरेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया