काठमाडौं । राष्ट्रिय सभा सदस्यको निर्वाचनको तयारी पूर्ण भइसकेको छ । निर्वाचन आयोगका अनुसार मतदान भोली बिहान ९ बजेदेखि सुरु हुने छ।
राष्ट्रिय सभाका १९ सदस्यको कार्यकाल आगामी फागुन २० मा सकिँदैछ । यसमा एक जना सदस्य राष्ट्रपतिबाट मनोनित हुने भए पनि बाँकी १८ सदस्यका लागि भोली निर्वाचन हुन लागेको हो।
सात वटै प्रदेशमा मतदान केन्द्र स्थापना गरिएको छ र आवश्यक सबै सामग्री निर्वाचन कार्यालयमा पुर्याइसकिएको छ। राष्ट्रिय सभा सदस्य निर्वाचनमा अन्तिम मतदाता नामावलीमा नाम कायम भएका मतदाताहरूले मात्रै मतदान गर्न पाउनेछन्।
निर्वाचनमा प्रदेश सभा सदस्य, स्थानीय तहका प्रमुख र पदाधिकारीले मतदान गर्ने व्यवस्था रहेको छ। कुल मतदाता संख्या १,५०६ रहेको छ, जसमा ५ सय ५० जना प्रदेश सभा सदस्य र ७५३ स्थानीय तहका प्रमुख तथा उपप्रमुख रहेका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया