नागरिक अगुवा युग पाठक नेकपामा प्रवेश

153 Shares

काठमाडौं । नागरिक अगुवा, लेखक तथा राजनीतिक विश्लेषक युग पाठक नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । शनिबार नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास पुगेर पाठकले औपचारिक रूपमा पार्टी प्रवेश गरेका हुन् ।

पाठकलाई सह–संयोजक माधवकुमार नेपाललगायत नेताहरूले खादामालासहित पार्टीमा स्वागत गरेका थिए । सो अवसरमा संयोजक प्रचण्डले पाठकलाई पार्टीमा भित्र्याउन पाउँदा खुसी र गर्व लागेको बताए । सह–संयोजक नेपालले पाठकको उपस्थिति पार्टीभित्र सशक्त र प्रभावकारी बन्ने अपेक्षा व्यक्त गरे ।

कार्यक्रममा नेकपाका नेता वेदुराम भुसाल, प्रमेश हमाल, रञ्जिता श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

युग पाठकको नागरिकतामा रहेको नाम दीपककुमार पाठक हो । उनका ‘उर्गेनको घोडा’ र ‘मांगेना’ पुस्तक चर्चित कृतिका रूपमा परिचित छन् ।

पाठक अघिल्लो निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका थिए । उक्त निर्वाचनमा उनले ३५६ मत प्राप्त गरेका थिए ।