172
Shares
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी, नेपालका अध्यक्ष रेशम चौधरीले आफ्नो उम्मेदवारी खारेज गरिएको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ।
उहाँले शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको हो। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर १ बाट मनोनयन दर्ता गर्नुभएको चौधरीको उम्मेदवारी निर्वाचन आयोगले बिहीबार खारेज गरेको थियो।
सोही रिटमाथि सुनुवाइका लागि सर्वोच्च अदालतले माघ ११ गतेका लागि पेशी तोकेको जनाइएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया